१६ जेष्ठ २०८०, मंगलबार

प्रधानमन्त्रीलाई खुलापत्र

लेखाजोखा न्यूज

१९ चैत्र २०७७, बिहिबार १२:४९

सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार

म एक बेरोजगार न्युन आयस्तर भएको विद्यार्थी विगत केही वर्षदेखि देशमै केही गरौँ भनी लोकसेवा आयोग र विभिन्‍न संस्थानहरुको तयारीको लागी काठमाडौंमा भाडाको घरमा बसी विभिन्‍न अप्ठ्यारोसँग जुँधेर रात दिन नभनि तयारीमा जुटिरहेको छु ।

नेपालजस्तो न्युन आयस्तर भएको देशमा स्वदेशमै केही गरौँ भन्‍न सोच भएका लाखौँ शिक्षित बेरोजगार युवाहरुको एक मात्र आशा र भरोसा रहेको लोकसेवा आयोग केही दिन अगाडिबाट आयोगका अध्यक्षसहितका अन्य ३/४ जना सदस्यहरुको नेपालको संविधान को धारा २४२ को ४ बमोजिम अध्यक्ष र सदस्यहरुको पद रिक्त छ ।

वर्तमान समयमा तपाईं आबद्ध पार्टी र केही नेताहरुको व्यक्तिगत खिचातानीका कारणले देशको राजनीतिक भविष्य अन्योलग्रस्त रहेकैबेला विभिन्‍न संवैधानिक निकायहरुमा रिक्त रहेका पदाधिकारी नियुक्ति जस्तै लोकसेवा आयोगको अध्यक्ष र अन्य सदस्यहरु नियुक्तिमा पनि ढिलाइ हुन गएकोमा यसबाट लोकसेवा आयोगले लिने विभिन्‍न तह र संस्थानका आवेदन, परीक्षा, भर्ना, छनोट, नतिजा प्रकाशनलगायतका आन्तरिक कार्यहरु अवरुद्ध भएकाले यसबाट लाखौँ शिक्षित बेरोजगार युवायुवतीको भविष्य अन्योलग्रस्त देखिनुका साथै मनोवैज्ञानिक असर पर्नसक्ने भएकाले समयमै यसतर्फ ध्यान केन्द्रित गराउन र आवश्यक पहल कदमीका लागि सम्माननीय प्रधानमन्त्रीज्यू सँग जोडदार माग गर्दछु ।

ज्ञान चन्द
दु:खी नेपाली युवा ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend