धनगढीको सनराइज होटलमा एक पुरुष मृत फेला

लेखाजोखा न्युज
१९ चैत्र २०७७, बिहीबार ०९:५४

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको होटेलमा एक जना मृत फेला परेका छ्न् । धनगढी उपमहानगरपालिकाको चौराहमा रहेको न्यु सनराइज होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले मृतकको पहिचान हुन नसकेको जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको छ ।