काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार २७.३१ अंकले बढेको हो ।
आज १.४८ प्रतिशतले बढेको सेयर बजारमा ३३ लाख १५ हजार ७२० कित्ता सेयर किनबेच भयो । जसबाट ९४ करोड ५२ लाख ४९ हजार बराबरको सेयर कारोबार भयो ।
आज सेयर बजार १८७१.३३ विन्दुमा आएर बन्द भएको छ । कुल सूचीकृत २१६ कम्पनीमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ । आज कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले १० प्रतिशतको सर्किट लेभलको कारोबार गरेका छन् ।
आदर्श लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले पनि ९.६९ प्रतिशतले नाफा कमाए । त्यस्तै, सानिमा मध्य तमोर हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.५४ प्रतिशतले घाटा ब्यहोरे ।
आजको सबैभन्दा बढी कारोबार सिवम् सिमेन्ट लिमिटेडले ७ करोड १० लाख ९३ हजार बराबरको सेयर कारोबार गरेको छ । । त्यस्तै, प्रभु बैंक लिमिटेडले सबैभन्दा बढी १ लाख ८७ हजार ५९४ कित्ता सेयर कारोबार गरेको छ भने सानिमा मध्य तमोर हाइड्रोपावर लिमिटेडको ११ हजार ७९९ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।