राखीको ‘हे मन’ मा सुधिर र सिर्जना (भिडियो)

लेखाजोखा न्युज
१३ चैत्र २०७७, शुक्रबार १३:४३

काठमाडौं । कवियत्री एवम् गीतकार राखी गौचनको मार्मिक शब्दमा रहेको ‘हे मन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा स्वरमा गायक शंकर थापा ‘स्माइल’ को रहेको छ । गायक थापाले नै संगीतवद्ध गरेको गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ ।

पत्नी गुमाएको एक पुरुषको विक्षिप्त अवस्थालाई मार्मिक ढंगमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको अभिनय छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।

डश म्युजिक नेपालको च्यानलमार्फत् सार्वजनिक गरिएको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको छ ।