२६ जेष्ठ २०८०, शुक्रबार

उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी

लेखाजोखा न्यूज

१८ चैत्र २०७९, शनिबार २:२४

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न बोलाइएको सचिवालय बैठक केहीबेर अघि सुरुभएको हो ।

पार्टी कार्यालय च्यासलमा जारी बैठकले तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्नेछ। तनहुँ १ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। यस्तै चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार छन्।

त्यस्तै बारा–२ मा रास्वपाबाट रमेश खरेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्।

एमालेबाट चितवन- २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ- १ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको बताइए पनि आजको सचिवालय बैठकबाट अन्तिम नाम टुंगो लाग्ने एमाले सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend