२६ जेष्ठ २०८०, शुक्रबार

एमालेकाे सचिवालय बैठक बस्दै

लेखाजोखा न्यूज

१८ चैत्र २०७९, शनिबार १२:५७

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन आज(शनिबार) दिउँसो १२स् ३० मा पार्टी मूख्य कार्यालय च्यासलमा बैठक बस्न लागेको उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

बैशाख १० गते चितवन- २, तनहुँ- १ र बारा- २ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन एमालले सचिवालय बैठक बोलाएको हो ।

चितवन- २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ- १ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको बताइए पनि आजको सचिवालय बैठकबाट अन्तिम नाम टुंगो लाग्ने एमाले सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend