२६ जेष्ठ २०८०, शुक्रबार

फेरि बढ्यो कोरोना संक्रमण

लेखाजोखा न्यूज

१८ चैत्र २०७९, शनिबार ८:१३

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या अप्रत्यासित रूपमा बढिरहँदा त्यसको असर नेपालमा पनि देखिन थालेको छ ।

पछिल्लो एक सातादेखि नेपालमा कोरोनाको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण्म देखिएको छ । १ हजार ७९ जनाको नमुना परीक्षण गर्दा १ सय ४२ जना संक्रमित भेटिएको राष्ट्रिय इपिडिमियोृलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

एक सातामा देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ । संक्रमण बढेसँगै सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend