२६ जेष्ठ २०८०, शुक्रबार

उपनिर्वाचनका लागि रास्वपा टुंग्यायो उम्मेदवार

लेखाजोखा न्यूज

१७ चैत्र २०७९, शुक्रबार ९:५७

काठमाडौं । आगामी वैशाख १० गते हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवार चयन गरेको छ । आज बसेको पार्टीको बैठकले तीनै वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो ।

जसअनुसार चितवन २ बाट पार्टी सभापतिसमेत रहेका रवि लामिछाने, तनहुँ १ बाट नेपाली कांग्रेस परित्याग गरी गएका डा. स्वर्णिम वाग्ले र बारा २ बाट रमेश खरेल उम्मेदवार बन्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend