२६ जेष्ठ २०८०, शुक्रबार

एक्लै गाह्रो हुने रहेछ, सिन्डिकेट तोड्न बलियो टिम रोजेँ : रमेश खरेल

लेखाजोखा न्यूज

१७ चैत्र २०७९, शुक्रबार ११:४१

काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले सिन्डिकेट तोड्नका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका बताएका छन्।

बाराबाट उपनिर्वाचन लड्न रास्वपाले खरेलको नाम पनि सर्टलिस्ट गरेपछि उनी चर्चामा आएका हुन्। यसअघि गत निर्वाचनमा उनी काठमाडौं-१ मा चुनाव लडेका थिए। नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रविन्द्र मिश्रसँग भिडेका थिए।

‘एक्लै गाह्रो हुने रहेछ। राम्रो टिम नबनाईकन सिड्नीकेट तोड्न गाह्रो छ। त्यसैका लागि बलियो टिम रोजेको हुँ’, नेपाल प्रहरीका पूर्व डीआईजीसमेत रहेका खरेलले भने।

पार्टी स्थापना भएको एक वर्ष नपुग्दै रास्वपाले गत प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हात पारेको थियो। ‘राम्रो गर्नका लागि, देशलाई सेवा गर्नका लागि यो निर्णय गरेको हुँ’, उनले भने। उनले आफू अहिले विरामी रहेको र धेरै प्रश्न नसोध्न आग्रह गरे।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend