२६ जेष्ठ २०८०, शुक्रबार

कांग्रेसबाट मन्त्री बन्ने सूची तयार, को-को बन्दैछन् ?

लेखाजोखा न्यूज

१६ चैत्र २०७९, बिहिबार ३:०४

काठमाडौं । पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बिहान बसेको बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने सम्पूर्ण अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

कांग्रेसका एक नेताले पार्टी उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने बताए । उनका अनुसार अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा प्रकाशशरण महत, रमेश रिजाल, एनपी साउद, दिपक खड्का , सीता गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्दैछन् ।

पार्टी उपसभापति गुरुङ र लिम्बूबाहेक सबै पार्टी संस्थापन पक्षका हुन् । गुरुङ र लिम्बू भने संस्थापन इतर अर्थात डा शेखर कोइराला समूहका हुन् ।

सरकारमा सहभागी हुने मन्त्रीहरुमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइराला खेमाका कोही परेका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्भवत: बिहीबार बेलुकासम्म मन्त्रिमण्डल विस्तार गर्नेछन् । सत्ता साझेदार दलका शीष नेताहरुको बैठकमा नेपाली कांग्रेसले आठ वटा मन्त्रालय पाउने सहमति भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend