१६ जेष्ठ २०८०, मंगलबार

एसिसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

लेखाजोखा न्यूज

१५ चैत्र २०७९, बुधबार १०:४१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले घरेलु मैदानमा हुने एसिसी प्रिमियर कप क्रिकेटका लागि प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेको छ ।

क्यानले आज बिहान २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा नेपालले पछिल्लो समय लिग टू खेलेका सबै खेलाडीहरू समावेश छन् । साथै, यू–१९ राष्ट्रिय टोलीका कप्तान देव खनालले समेत स्थान बनाएका छन् ।

१० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म नेपालमै हुनेछ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् ।

दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्नेछन् भने विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

पछिल्लो समय नेपाली टोली लयमा छ । यसर्थ, नेपालले छनोट चरण पार गर्दै एसिया कप खेल्ने आशा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend