१६ जेष्ठ २०८०, मंगलबार

आयरल्याण्ड माथी फ्रान्सको सकसपुर्ण जीत

लेखाजोखा न्यूज

१४ चैत्र २०७९, मंगलबार ७:३३

काठमाडौं । विश्वकप उपविजेता फ्रान्सले युरो २०२४ को छनोटमा लगातार दोस्रो जित दर्ता गरेको छ । घरेलु टोली आयरल्यान्डमाथि संघर्षपूर्ण जित निकालेको फ्रान्सका लागि डिफेन्डर बेन्जामिन पाभार्डले गोल गरेका थिए ।

एभिभा स्टेडियम डब्लिनमा सोमबार राति भएको खेलमा फ्रान्सको जितमा डिफेन्डर पाभार्डले गरेको गोल नै जीतका लागि निर्णायक बन्यो । उनले दोस्रो हाफको ५०औं मिनेटमा गोल गरेका हुन ।

अघिल्लो खेलमा नेदरल्यान्ड्समाथि ४–० को सहज जित निकालेको फ्रान्सले आयरल्यान्डविरुद्ध भने निकै नै सकसपुर्ण रुपमा जीत हासिल गरेको हो ।

यस जितसँगै समूह बि मा रहेको फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ भने फ्रान्ससँग पहिलो खेल खेलेको आयरल्यान्डले अंकको खाता अझै खोल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend