२६ जेष्ठ २०८०, शुक्रबार

मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स !

लेखाजोखा न्यूज

१४ चैत्र २०७९, मंगलबार ७:३०

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी मंसिरदेखि तीन दिनमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । उनले हाल लाइसेन्सको पर्खाइमा रहेका करिब आठ लाख सेवाग्राहीलाई आठ महिनाभित्र लाइसेन्स वितरण गरिसक्ने र त्यसपछि ट्रायल पास गर्नेहरूले तीन दिनमै ‘स्मार्ट लाइसेन्स’ पाउने बताए ।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले वर्षौँदेखि लाइसेन्स कुरेर बसेका लाखौँ सेवाग्राहीले आठ महिनाभित्रै पाइसक्ने बताए । कार्यक्रममा मन्त्रालयले प्रगति विवरण प्रस्तुत गरेको थियो । उनले आफू मन्त्री भएयता उपत्यकाका सडकका ९० प्रतिशत समस्या समाधान भएको दाबी गर्दै अब लाइसेन्स वितरणलाई सहज बनाउनेबारे तयारी भएको जानकारी दिए ।

‘यातायात क्षेत्रमा निकै भद्रगोल अवस्था छ, यसको अन्त्य गर्ने गरी सरकारले गृहकार्य गरिरहेको छ,’ उनले भने, ‘ढिलोमा आठ महिनाभित्र पुराना सेवाग्राहीले स्मार्ट लाइसेन्स पाइसक्छन्, त्यसपछि ट्रायल पास गरेकाले तीन दिनमै लाइसेन्स पाउँछन्, यसमा सरकार प्रतिबद्ध छ ।’

इम्बोस्ड नम्बर प्लेट नेपालीकरण गरिने
सवारीसाधनमा हाल राखिँदै आएको ‘इम्बोस्ड नम्बर प्लेट’ अंग्रेजी भाषामा भएको र जडान शुल्क पनि धेरै भएकोमा विरोध भइरहेको छ । सेवाग्राहीको मागअनुसार भौतिक मन्त्रालयले यसलाई सहज र सस्तो बनाउने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend