१६ जेष्ठ २०८०, मंगलबार

ह्वात्तै बढ्यो कोरोना, एकैदिन थपिए ६९ संक्रमित

लेखाजोखा न्यूज

१३ चैत्र २०७९, सोमबार ६:२५

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १२६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४८८ र एन्टीजेनबाट ७७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ मा संक्रमण पुष्टि भएको हो ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ। आइतबार सङ्क्रमितको सङ्ख्या १६ जना थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend