२६ जेष्ठ २०८०, शुक्रबार

ओलीको कटाक्ष- पुँजीवादीको पुच्छर, फाटोवादी प्रवृत्ति, पार्टीको नाम एकीकृत समाजवादी !

लेखाजोखा न्यूज

१३ चैत्र २०७९, सोमबार ४:४२

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पुँजीवादीको पुच्छर बनेको आरोप लगाएका छन्।

एमाले गुल्मीको मिसन ग्रासरुट अभियानअन्तर्गत बृहत् प्रशिक्षणलाई सम्बोधन गर्दै उनले नेता नेपालप्रति व्यंग्य गर्दै पुँजीवादीहरूको पुच्छर र फाटोवादी प्रवृत्ति ढाक्न एकीकृत थपेर समाजवादी भन्दै हिँडेको कटाक्ष गरे।

देशले नाकाबन्दीको सामना गरिरहेका वेला माधव नेपालले संसदमा देश डुब्नै लाग्यो बचाउन कोही त आऊ भनेर पार्टी फुटाउन सुरु गरेको आरोप लगाए।

उनले कांग्रेसको बदमासी र बेइमानी बुझेर पनि बहुमत नहुँदा सरकारबाट बाहिर रहनुपरेको भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend