२६ जेष्ठ २०८०, शुक्रबार

खप्तड गोल्डकप : आज मनाङ मर्स्याङ्दी र बागमती भिड्दै

लेखाजोखा न्यूज

१३ चैत्र २०७९, सोमबार १०:३७

काठमाडौं । छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुँदैछ ।

धनगढी रङ्गशालामा हुने मनाङ र बागमतीबीचको खेल दिउँसो साँढे ३ बजे सुरु हुनेछ । यस खेलको विजेताले सेमिफाइनलमा एभिनरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजकसहित ६‘ए’ डिभिजन, दुई विदेशी टोली र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।मोफसलको सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend