१६ जेष्ठ २०८०, मंगलबार

आजमात्रै थपिए १६ जना कोरोना संक्रमित

लेखाजोखा न्यूज

१२ चैत्र २०७९, आइतबार ६:२४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ९२१ नमुना परीक्षणमा १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

२७९ पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

साथै पछिल्लो २४ घण्टामा दुई जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा १५ हजार ५५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या ४२ रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend