१६ जेष्ठ २०८०, मंगलबार

एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द

लेखाजोखा न्यूज

११ चैत्र २०७९, शनिबार ९:३२

काठमाडौं। एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ ।

बैंकले जारी गरेको बिज्ञप्ति अनुसार शुक्रबार राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।

‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड) को स्विच अपग्रेशन र माइग्रेशन गर्न पर्ने भएकोले शुक्रबार राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएम र पीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend