२६ जेष्ठ २०८०, शुक्रबार

सबैभन्दा कम जनसंख्या मनाङमा, बढी काठमाडौंमा

लेखाजोखा न्यूज

१० चैत्र २०७९, शुक्रबार १२:४२

काठमाडौं । जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बीच अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ रहेको छ । त्यस्तै सबैभन्दा कम भने मनाङ जिल्लाको जनसंख्या रहेको छ । मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोबास रहेको जनगणनामा उल्ल्खे छ ।

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend