२६ जेष्ठ २०८०, शुक्रबार

केलियन एम्बाप्पेको कप्तानीमा पुग्यो फ्रान्सेली फुटबल

लेखाजोखा न्यूज

९ चैत्र २०७९, बिहिबार ४:११

काठमाडौं । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पराजय भोगेको तीन महिनापछि फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।

राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अभियानका लागि कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।

दोहा विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा भएको पराजय मात्र होइन मैदान बाहिरका घोटालाले पनि फ्रान्सेली फुटबल उथलपुथल भएको छ ।

सन् २०२६ सम्मका लागि प्रमुख प्रशिक्षक डेसच्याम्प्सलाई अनुबन्ध गरिएकामा उनलाई फ्रान्सेली जनताले नरुचाएपछि उनको स्थान जिनेदिन जिदानले सम्हाल्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend