२२ मंसिर २०८०, शुक्रबार

हेटौंडाको वंशगोपाल क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी

लेखाजोखा न्यूज

५ चैत्र २०७९, आइतबार ६:२९

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअन्तर्गत मकवानपुर हेटौंडाको वंशगोपाल बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूको प्यानल नै विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतरिणामअनुसार दिवस सिलवालको प्यानल नै निर्वाचित भएको हो ।

अनेरास्ववियूका सिलवाल १८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी राप्रपानिकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरे । यस्तै, वंशगोपालको स्ववियु सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने (२० मत), कोषाध्यक्षमा रुपा राई (१७मत), सदस्यहरुमा सपना राउत (२३ मत), सुजन गोले १७ मतसहित विजयी भएका छन् ।

सिलवालको प्यानलमा नेकपा एमालेनिकट अनेरास्ववियु, नेकपा एकिकृत समाजवादीनिकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीबीचको गठबन्धन थियो । गौतमको प्यानलमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी निकट अखिल क्रान्तिकारी र राप्रपा निकट राप्रविसंघबीच गठबन्धन रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend