१८ चैत्र २०७९, शनिबार

उपत्यकाका ठूला क्याम्पसको स्ववियु निर्वाचन, कुनमा कति मत खस्यो ?

लेखाजोखा न्यूज

५ चैत्र २०७९, आइतबार ५:५०

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मतदान सकिएको छ ।

बिहान ८ बजेदेखि सुरू भएको मतदान अधिकांश क्याम्पसमा सम्पन्न भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

अहिलेसम्म प्राप्त जानकारीअनुसार सबैभन्दा बढी मत बागबजारस्थित शंकरदेव क्याम्पसमा ३१७७ खसेको छ ।

त्यस्तै पुल्चोक इन्जिनियरिङ क्याम्पसमा २४५० र केन्द्रीय क्याम्पस कीर्तिपुरमा २०७६ मत खसेको छ ।

त्यस्तै महेन्द्ररत्न क्याम्पस ताहाचलमा ८७८ मत खसेको छ भने नेपाल ल क्याम्पसमा १२६६ मत खसेको छ । ललितकला क्याम्पसमा ३०८ मत खसेको छ ।

थापाथलीमा १५५० भोट खसेको छ ।  विद्युतीय भोटिङ मेसिन प्रयोग भएका त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसको मत परिणाम आजै साँझ आइसक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend