१८ चैत्र २०७९, शनिबार

कांग्रेस सरकारमा सहभागी हुने

लेखाजोखा न्यूज

५ चैत्र २०७९, आइतबार १२:५९

नेपाली कांग्रेस पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

आज विहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री दाहाललाई  विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने  निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशरण महतले जानकारी दिएका छन।

प्रधानमन्त्री पुष्पकमल दाहालले  भोलि संसदमा विश्वासको मत लिने तयारी गरेका छन्।सरकारले संविधानको रक्षा, विकास र सम्मृद्धि, स्थिरतालाई केन्द्रमा राखेर काम गर्ने अपेक्षासहित समर्थन गर्ने निर्णय गरेको  नेपाली काग्रेसले जनाएको छ ।

नेपाली काग्रेसको आजकोबैठकले मन्त्रिपरिषद्मा पठाउँदा योग्यता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend