२२ मंसिर २०८०, शुक्रबार

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ

लेखाजोखा न्यूज

४ चैत्र २०७९, शनिबार ६:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् ।

शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।

बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend