काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का सभापतिका आधिकारिक उम्मेदवार श्यामराज ओझालाई तीन बागी उम्मेदवारले समर्थन गरेका छन् ।
नेविसंघका नेताहरू विष्णुबहादुर बडेला, मिलनजंग बस्नेत र दीपकराज जोशीले आफूहरूले स्ववियु सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवार ओझालाई समर्थन गरेका हुन् ।
नेविसंघ केन्द्रले ओझालाई स्ववियु सभापतिमा टिकट दिएपछि बडेला, बस्नेत र जोशीले बागी उम्मेदवारी दिएक थिए । तर, संगठनमा सहमति भएपछि उनीहरूले फिर्ता लिएका सभापतिका उम्मेदवार ओझाले बताए । आफू सबैसँग मिलेर स्ववियुमा काम गर्न तयार रहेको ओझाको भनाइ छ ।
नेविसंघभित्र रहेका गुटहरू मिलेर केन्द्रीय क्याम्पसमा नेविसंघलाई जिताउन सबै लागिरहेको अध्यक्ष दुजाङ शेर्पाले बताए । नेविसंघलाई स्ववियुमा जिताउन कीर्तिपुरमा पार्टीका तर्फबाट जितेका जनप्रतिनिधि, पार्टीका स्थानीय समिति पनि लागिरहेका छन् ।