२२ मंसिर २०८०, शुक्रबार

सुर्खेत उड्ने तयारी गरेको बुद्ध एयरको जहाजले टेक अफ लिन सकेन

लेखाजोखा न्यूज

४ चैत्र २०७९, शनिबार ८:३९

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । बुद्ध एयरको यु४१३३ जहाजमा समस्या देखिएपछि पार्किङ गरिएको छ ।

शनिवार बिहान काठमाडौंबाट सुर्खेतका लागि उड्ने तयारी हुँदा धावन मार्ग छाड्ने बेला उड्न नसकेको यात्रु मानव अधिकार एलायन्सका अध्यक्ष मीनबहादुर शाहीले बताए ।

जहाजमा देखिएको समस्याका बारेमा अहिलेसम्म एयरलाइन्सले केही भनेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend