१८ चैत्र २०७९, शनिबार

आजको मौसम : आज पनि मेघगर्जनसहित पानी पर्ने

लेखाजोखा न्यूज

४ चैत्र २०७९, शनिबार ६:२३

काठमाडौं । हाल देशमा स्थानीय वायु संगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने छ।

देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिक देखी सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन, चट्याङ्ग र हावाहुरी वाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend