२२ मंसिर २०८०, शुक्रबार

संसद् भवनमा प्रधानमन्त्री, देउवा र माधव नेपालबीच वार्ता

लेखाजोखा न्यूज

३ चैत्र २०७९, शुक्रबार ३:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend