१८ चैत्र २०७९, शनिबार

राष्ट्रपतिले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

लेखाजोखा न्यूज

३ चैत्र २०७९, शुक्रबार १:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएका छन् । आज दिउँसो २ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति सचिवालयका सदस्य खिला कार्कीका अनुसार खेलाडीहरुसँगै प्रशिक्षक र क्यानको सिंगो टिमलाई नै सम्मान गर्न लागिएको हो । नेपालले बिहीबार यूएईलाई डकवर्थ लुइस पद्धतिअनुसार ९ विकेटले हराउँदै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend