एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ

लेखाजोखा न्युज
६ चैत्र २०७७, शुक्रबार १४:४९

काठमाडौं । काठमाडौंको कान्तिपथमा रहेको ग्लोबल आइएमई बैंकको एटीएम मेसिन फुटाएको अभियोगमा भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटीएम मेसिन फुटाएको अभियोगमा प्रहरीले ठमेल बस्दै आएका भारतको गोरखपुरका २२ वर्षीय दिलसाद आलमलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान साढे २ बजेको समयमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोली उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेकको पनि बताएको छ ।