१८ चैत्र २०७९, शनिबार

भारतमा लालु यादवको सम्पत्तिमा छापा, अर्वौ रकम बरामद

लेखाजोखा न्यूज

२९ फाल्गुन २०७९, सोमबार ६:५६

एजेन्सी । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले विहारका पूर्व मूख्मन्त्री लालुप्रसाद यादवका छोरा/छोरी र आफन्तहरुका घर तथा व्यापारिक प्रतिष्ठानहरुमा छापा मारेको छ ।

गत शुक्रबार र शनिबार गरी इडीले लालु यादवका छोरा एवं विहारका वर्तमान उपमुख्यमन्त्री तेजश्वी यादव तथा उनका तीन जना दिदीबहिनी र केही आफन्तहरुको स्वामित्वमा भारतका विभिन्न शहरमा रहेका दुई दर्जन बढी घर तथा प्रतिष्ठानहरुमा छापा मारेको हो ।

लालु यादव भारतको केन्द्रीय रेलमन्त्री हुँदा “कामको बदला जमिन” कार्यक्रम अन्तर्गत भएको भ्रष्टाचारको सीबीआइ र इडीले खानतलासी गर्ने क्रममा छापा मारिएको हो ।

छापा मार्दा उनीहरुको नाममा विभिन्न स्थानमा घर, जग्गा, नगद र सुन-चाँदी गरी अर्बाैंको सम्पति फेला परेको इडीका अधिकारीहरुले बताएका छन् । नयाँ दिल्लीको न्यु फ्रेण्ड्स् कोलोनीमा तेजश्वी यादवको नाममा चार वटा घर फेला परेका छन् ।

डेढ अर्ब भारतीय रुपैयाँ बढी मूल्य पर्ने ती घरहरुको खरिद मूल्य चाहीँ चार लाख मात्रै देखाइएको छानबिनबाट खुलेको छ । तेजश्वी यादव बस्दै आएको दिल्लीको घरबाट एक करोड नगद र डेढ किलो सुन पनि बरामद गरिएको छ ।

इडीका अधिकारीहरुले अहिलेसम्म करिब ६ अर्ब भारतीय रूपैयाँ बराबरको अवैध सम्पत्ति फेला परेको र त्यस मध्ये साढे तीन अर्ब जति अन्य व्यक्तिहरुको नाममा रहेको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले रेल वेमा निम्न तहको जागिर लगाईदिने प्रलोभनमा जमिन हडपिएको समेत पत्ता लागेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend