१८ चैत्र २०७९, शनिबार

पिकेको स्ववियु सभापतिमा नेविसंघबाट ज्योती पनेरु बनिन् उम्मेदवार

लेखाजोखा न्यूज

२८ फाल्गुन २०७९, आइतबार २:४५

काठमाडौं । पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघ नेतृ ज्याेती पनेरूकाे उम्मेदवारी दर्ता भएकाे छ ।

लामाे समयदेखि पद्मकन्या क्याम्पसमा सक्रिय पनेरू स्नातकाेत्तरकी विद्यार्थी हुन् ।

पनेरूलाई अनेरास्ववियु क्रान्तिकारी र एकिकृत समाजवादी निकट अनेरास्ववियुकाे समेत समर्थन रहेकाे छ । नेविसंघको गढ मानिने पद्मकन्या क्याम्पसमा इतिहास दाेहाेर्याउने तयारीमा छ ।

पदमकन्या क्यामपस देशकाे हरेक राजनीति परिवर्तन र शैक्षिक मुद्दामा नेतृत्व गर्दै आएकाे क्याम्पस हाे । यसकाे गरिमा बढाउन स्ववियुमा नेविसंघको जित अनिवार्य छ,´ सभापतिमा उमेदवारी दर्तापछि पनेरूले भनिन् । उनले यसपटक पनि नेविसंघले पद्मकन्या क्याम्पसमा जित्ने विश्वास व्यक्त गर्दै नेविसंघ नेतृत्वकाे टिमलाई मतदान गर्न आग्रह गरेकी छन् । चैत ५ मा स्ववियु चुनाव हुँदैछ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend