२६ जेष्ठ २०८०, शुक्रबार

बिक्तैन

डा. प्रकाशचन्द्र लोहनी

२७ फाल्गुन २०७९, शनिबार ८:५९
यो मनभित्र जमेको फोहोर 
कहाँ सफा गर्ने 
जब पवित्र नदिहरु ढल भै सके 
२ 
यो नियतमा लागेको डढेलो
कसरी नियन्त्रण गर्ने 
जब डढेलो लगाउनेहरु 
सबै महान नेता भै सके

३ 
यो मन शान्त कसरी गर्ने 
जब मन्दिरका पुजारीहरु 
द्रब्य लोभमा पुरिई सके 

४

देश अब कहाँ पुग्ने हो 
जब विश्वास गरेका रक्षकहरु 
प्रजातान्त्रिक भक्षक भै सके

५

सुकिला पोसाकभित्र का कुरुप अनुहारहरु 
अब मुकुण्डो धेरै टिक्तैन
जनतालाई धेरै नजिस्क्याउ 
अब झुटो पुलिन्दा बिक्तैन

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend