२० मंसिर २०७९, मंगलबार

थप ११ महिना घरमै बसेर काम गर्न कर्मचारीलाई गुगलको आग्रह

लेखाजोखा न्यूज

१३ साउन २०७७, मंगलबार ११:४७

काठमाडौं । गुगल कम्पनीले आफ्ना कर्मचारी अझै ११ महिना घरमै बसेर काम गर्ने बताएको छ ।

यसअघि यही वर्ष (सन् २०२०) को अन्त्यसम्ममा कर्मचारी कार्यालयमा फर्किने बताएको उसले अब सन् २०२१ जुनदेखि मात्रै आउने जानकारी दिएको हो ।

गुगलका प्रमुख सुन्दर पिचाईले इमेलमार्फत खबर पठाउँदै जुन कर्मचारी कार्यालय आइरहन आवश्यक छैन, उसलाई आगामी वर्षको मध्यसम्म घरमै बसेर काम गर्न भनेका हुन् ।

विश्वभर गुगलका २ हजार कर्मचारी छन् । गुगलले गत मेमा यही वर्षको जुनदेखि नै विभिन्न स्थानमा रहेका आफ्ना कार्यालय पुनः खोल्ने जनाएको थियो ।

तर उसले धेरैजसो कर्मचारी यस वर्षको अन्त्यसम्म घरमै बसेर काम गर्ने बताएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend