१८ चैत्र २०७९, शनिबार

टेलिकम विन्टर अफर : यस्ताे छ सजिलो प्रिपेड कम्बो प्याक

लेखाजोखा न्यूज

२५ फाल्गुन २०७९, बिहिबार ६:४३

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विन्टर अफर २०७९ अन्तर्गत सजिलो प्रिपेड कम्बो प्याक सञ्चालन गरिरहेको छ । यसअन्तर्गत रु. १९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी डेटा, भ्वाइस र एसएमएसको अफर दिइएको हो ।

कम्पनीका अनुसार यो प्याक लिने ग्राहकले २८ दिनका लागि कूल ४२०० एमबी डेटा (प्रतिदिन १५० एमबीसम्म), ४२० मिनेट भ्वाइस (अल नेट- प्रतिदिन १५ मिनेटसम्म) र ४२० एसएमएस (अल नेट- प्रतिदिन १५ एसएमएससम्म) को सुविधा पाउनेछन् ।

सेवा लिन ग्राहकले मोबाइलमा *१४१५*२*३# डायल गर्नुपर्ने छ । साथै टेलिकमको मोबाइल एपबाट समेत यो प्याक एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend