अवार्ड दिन आएकी एक अभिनेत्रीले मञ्‍चमै कपडा खोलेपछि…

लेखाजोखा न्युज
२९ फाल्गुन २०७७, शनिबार १९:०६

पेरिस । फ्रान्सकी एक अभिनेत्रीले सरकारसम्म आफ्नो मागहरु पुर्‍याउनका लागि एक सार्वजनिक पुरस्कार समारोहमा नै आफ्नो लुगा खोलेकी छन् । उनले कोरोना महामारीका संकटका समयमा कला-संस्कृतिलाई जोगाउनका लागि सरकारले महत्वपूर्ण कदम चाल्‍नुपर्ने सन्देश दिनका लागि उनले यस्तो गरेको बताइएको छ ।

५७ वर्षीय कोरेन मासिरोले सीजर अवार्ड समारोहको मञ्‍चमै लुगा खोलेकी हुन् । फ्रान्समा सीजर अवार्डलाई ओस्कर अवार्ड जत्तिकै मान्यता दिइन्छ । मासिरो मञ्‍चमा गधाको कस्ट्‍युम लगाएर पुगेकी थिइन् । जसको भित्र उनले रगतले पोतिएकोजस्तो देखिने अर्को ड्रेस पहिरिएकी थिइन् । मञ्‍चमा पुगेपछि उनले उक्त दुबै ड्रेस खोलेकी हुन् ।

फ्रान्स सरकारले कोरोना महामारीको फैलावट रोक्‍नका लागि सिनेमाघर बन्द गर्ने निर्णय गरेको तीन महिनाभन्दा बढी भइसकेको छ । सरकारको यस निर्णयलाई फ्रान्सेली कलाकारहरुले विरोध गरेका छन् ।

सीज़र अवॉर्ड

सीजर अवार्ड समारोहमा आयोजकले मासिरोलाई ‘बेस्ट कस्ट्युम’ अवार्ड दिनका लागि बोलाएको थियो । तर, मासिरोले मञ्‍चमा पुग्‍नेबित्तिकै आफ्नै लुगा खोलेकी हुन् ।

उनले आफ्नो शरीरमा लेखेकी थिइन्, “कल्चर छैन र फ्युचर पनि छैन ।” उनले प्रधानमन्त्री जिएन कास्टेक्सको ध्यानाकर्षण गराउनका लागि आफ्नो पिठ्युँमा लेखेकी थिइन्, “हामीलाई हाम्रो कला फिर्ता गरिदिनुस्, जिएन ।”

यही मञ्‍चमा मासिरो निवर्स्त्र हुनुभन्दा अघि अन्य कलाकारहरुले पनि सरकारसँग आफ्ना समस्याहरुलाई सम्बोधन गरिदिन अपिल गरेका थिए । – बीबीसी