२२ मंसिर २०८०, शुक्रबार

कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन

लेखाजोखा न्यूज

२४ माघ २०७९, मंगलबार ६:१०

काठमाडौं । पूर्वसांसद एवं कांग्रेस मनाङका महासमिति सदस्य कर्मा घलेको निधन भएको छ ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा क्यान्सरको उपचार गरिरहेका घलेको मंगलबार उपचारको क्रममा निधन भएको हो ।

५९ वर्षीय घले २०७४ मा समानुपातिक सांसद थिए । कांग्रेसले शोक विज्ञप्तिमार्फत घलेको निधनले नेपाली कांग्रेस एवं सामाजिक क्षेत्रलाई अपुरणीय क्षति भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend