१८ चैत्र २०७९, शनिबार

पठान बन्यो, छोटो समयमा सबैभन्दा बढी आम्दानी गर्ने फिल्म

लेखाजोखा न्यूज

२४ माघ २०७९, मंगलबार १२:४२

मुम्बई । बलिउडका बादशाह शाहरुख खान अभिनित पठानले अहिलेसम्म ८३२ करोडको ब्यापार गरेको छ ।

गत जनवरी २५ मा रिलिज भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा कम समयमा सो उक्त रकम संकलन गरेको रेकर्डसमेत कायम गरेको यशराज फिल्मसले जनाएको छ ।

सो फिल्ममा शाहरुख खानसँगै दिपिका पादुकोण, जोन अब्राहम लगायतको अभिनय छ । पछिल्ला फिल्महरु असफल भएपछि ४ बर्ष पछि “कमब्याक” भएका शाहरुखले पठानमार्फत पुन: बलिउडको बादशाहको छबिलाई थप उचाईमा लगेको बलिउडका फिल्म बिश्लेषकहरुले तर्क गर्न थालेका छन ।

बलिउडका चलचित्र समिक्षक तरुण आदर्शले उक्त फिल्मलाई ४.५ स्टार दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend