१८ चैत्र २०७९, शनिबार

सरकारले ट्रेजरी बिलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

लेखाजोखा न्यूज

२३ माघ २०७९, सोमबार ८:२८

काठमाडौं । सरकारले २३ माघमा ट्रेजरी बिलको बोलकबोल मार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले सरकारको आन्तरिक ऋण बोलकबोल गर्दै आएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्बको १ सय ८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जनाइएको छ ।

त्यस्तै, राष्ट्र बैंकले सोमबार नै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने तयारी गरेको छ । केन्द्रीय बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड र ३ सय ६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend