२४ माघ २०७९, मंगलबार

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

लेखाजोखा न्यूज

११ माघ २०७९, बुधबार ४:१२

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइलाई शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएपनि जवाफी बहसको समय नभएकाले मुद्दालाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुधबार रिट निवेदक र विपक्षी तर्फका कानुन व्यवसायीको बहस सकिएको छ।

अब शुक्रबार रिट निवेदकको तर्फबाट जवाफी बहस हुनेछ। सम्भवतः शुक्रबार नै अदालतले एउटा निर्णय दिनेछ । लामिछानेले अमेरिकी नागरिकता तथा पासपोर्ट त्याग नगरी राजनीतिक दल दर्ता गरेको, निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा निर्वाचित भएको भन्दै उनको सांसद पद खारेजी लगायतका कारबाहीको माग गर्दै सर्वोच्चमा छुट्टा–छुट्टै २ रिट निवेदन दर्ता भएका थिए ।

अधिवक्ता रविराज बसौला समेत तथा युवराज पौडेलले दायर गरेको रिटमा बुधबारदेखि संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको थियो। यो मुद्दाले राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य र लामिछानेको सांसद तथा मन्त्री पदको निरन्तरता तय गर्ने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend