२४ माघ २०७९, मंगलबार

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइए कारबाही गर्ने प्रहरीको चेतावनी

लेखाजोखा न्यूज

११ माघ २०७९, बुधबार १०:२०

काठमाडौँ । प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएकाले त्यसो नगर्न अपील गरेको हो ।

खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा मानवीय र भौतिक क्षतिसमेत हुने भएकाले यसरी बिक्री नगर्न आग्रह गरेको हो । परिसरले खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

मंगलबार दिउँसो संसद भवनअगाडि आफैंलाई आगो लगाएर इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । त्यस्तै केही महिनाअघि बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गरेकी थिइन् । त्यस्तै केही दिनअघि सिभिल मल अगाडि पनि एक युवकले पनि पेट्रोल छर्केर आफैंलाई जलाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend