२४ माघ २०७९, मंगलबार

साउदी अरेबियाले दुई लाख श्रीलङ्कालीलाई रोजगारी दिने

लेखाजोखा न्यूज

१० माघ २०७९, मंगलबार १०:३१

श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायकाराले साउदी अरेबियाले सन् २०२३ मा दुई लाख श्रीलङ्काली कामदार लैजान इच्छुक रहेको बताएका छन् ।’

मन्त्रीले सन् २०२२ मा साउदी अरेबियाले श्रीलङ्काका लागि ५४ हजार रोजगारीको प्रस्ताव गरेको र सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू वैदेशिक रोजगारीका लागि गएको र त्यसमा पनि अधिकांश मध्यपूर्वमा गएको बताएका हुन् । श्रीलङ्काका लागि वैदेशिक राजस्वको मुख्य स्रोत कामदारको रेमिट्यान्स हो।

श्रीलङ्काका आप्रवासी कामदारहरूले सन् २०२२ मा करिब ३.८ बिलियन अमेरिकी डलर पठाएको देशको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend