भोलि काठमाडौंका यी स्थानमा सवारीसाधन चल्न नपाउने

लेखाजोखा न्युज
२६ फाल्गुन २०७७, बुधबार ०८:२२

काठमाडौं । शिवरात्री पर्वका दिन पशुपतिनाथ मन्दिर जानेहरुको संख्या अत्यधिक हुने भएका कारण ट्राफिक व्यवस्थापनका लागि काठमाडौंका केही रुटहरु बन्द गरिने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने जनाएको छ । पशुपतिनाथ मन्दिरमा लाग्‍ने शिवरात्री पर्वका लागि ट्राफिक व्यवस्थापन भन्दै महाशाखाले बुधबार एक सूचना जारी गर्दै बिहीबार पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको हो ।

पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ । यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन् ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महाशिवरात्री पर्वको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ ।”

यस्तो छ ट्राफिक व्यवस्थापको तालिका :