२४ माघ २०७९, मंगलबार

२०४७ पछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानविन यहि सदनले गर्नुपर्छ : ज्ञानेन्द्र शाही

लेखाजोखा न्यूज

५ माघ २०७९, बिहिबार २:०४

काठमाडौं। राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले २०४७ सालपछि उच्च ओहदामा बसेका सबैको सम्पत्ति छानविन यहि सदनले गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै शाहीले अहिले पनि भ्रष्टाचारका कुरा धेरै गरिए पनि काम गरेर देखाउनुपर्ने बताए ।

‘अहिले पनि हामीले भ्रष्टाचारका धेरै कुरा गरिरहेका छौ । २०४७ सालदेखि अहिलेसम्म उच्च ओहदामा बसेका सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानविन यही सदनबाट गर्नका लागि सभामुखले सहयोग गर्नुहुनेछ भन्ने आशा गर्छु’ शाहीको भनाइ छ ।

उनले वर्तमान संविधानको काम नभएको पनि बताए । ‘आज हामीले बनाएको संविधान जनताका दैनिक जीवनसँग जोडिए कि जोडिएनन् ? यो सदनभित्र वाइडबडी, एनसेल, मेलम्चीजस्ता भ्रष्टाचारका काण्डमा अघिल्ला सभामुखले कुरा उठाएकी उठाएनन् ? यो विषयबस्तु बनेको छ’, शाहीले प्रश्न गर्दै भने, ‘आज हामी सदनमा आइरहँदा हामीजस्ता हजारौ युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । सरकार प्रमुख र माननीहरुले लगाएको कोटमाथिको संसदको चिन्हलाई पनि हेरेर गौरव गर्नुपर्ने त्यति धेरै कारण देख्दिनँ ।’

उनले सरकारमाथि सरकार बनिरहेका तर खाडीमा तड्पिरहेका युवाहरुका बारेमा कसैले निर्णय नगरेको पनि बताए । ‘आदेशमाथि आदेश र परमादेशमाथि परामादेश होइन र राजनीतिका लागि जीवन होइन, जीवनका लागि राजनीति गर्न आवश्यक छ’, शाहीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend