२४ माघ २०७९, मंगलबार

रनपुतला पर्बमा छोरीहरु पराई घर जादैन भन्दै गितमार्फत बिलौना पोख्दै

लेखाजोखा न्यूज

४ माघ २०७९, बुधबार ७:३८

गणेश मौनी
माध ४ डोटी
सुदुरपश्चिम कला संस्कृति, धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा धनी मानिन्छ । सुदूरपश्चिमेली देडडा, ठाँडी भाका, हुड्केउली, छलीया भुवा, स्थानिय मेला,जात्रा यस क्षेत्रलाई पहिचान दिने संस्कृतीको रुपमा रहेका छन् । पछिल्लो समयमा परम्परागत रुपमा मनाउदै आएको रनपुतला पर्व पनि छोरीहरुलाई माईतिसंग भेटघाट गराउने तथा सुदूरको पहिचानको पर्वको रुपमा प्रचार प्रसार हुँदै आएको छ ।
रनपुतला पर्बमा आमा र छोरीहरु बिचमा गित मार्फत पुतला खेल खेल्दै सवाल जवाफ हुने गर्दछन् । आमाले गित मार्फत छोरीहरुलाई तिमीहरुले अर्काको घरमा जानुपर्छ, घरबार चलाएर खानुपर्छ तिमीलाई आवश्यके गाई भैसी, अन्नपात सबै दाईजो दिन्छौ भनेर आमाले गित मार्फत भन्ने गर्छन् । तर छोरीले पराईघर बिबाह गरेर जान मान्दैनन् अर्काको घरमा दुःख हुन्छ, नयाँ, ठाउँ, नयाँ मानिस हामी कसरी बस्ने के खाने, के लाउने भनेर गित मार्फत बेदना पोख्ने गर्छन् । छोरीहरुले गित मार्फत भन्छन्
(बुवा ज्यूका झोलीबाट पुलता जगाई ल्यायौ ।
ईजु ज्यूका झोली बाट पुतला जगाई ल्यायौ ।।
दाजी ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।।
भाउजु ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।।)
छोरीहरुले गितमार्फत यसरी तपाईहरुले हामीहरुलाई पाल्यौ ठुली बनायौ अब यसरी हामीलाई पराई घरमा नपठाई देउ, हामीर्लाइ दुःख हुन्छ भनेर गित मार्फत बेदना गर्छन् ।

No description available.तर छोरीहरुको बिलौनाको अघाडी आमा बुवाको केही लाग्दैन बिबाह गर्ने उमेर भएको छोरीलाई पराई घरमा बिबाह गरेर पठाउनु पर्छ भन्दै घरमा बरौनी गर्न आउन्छन र छोरीको बिबाह गर्नको लागि लगनगाठो कसिन्छ । अनी फेरी गित मार्फत आमा छोरीको यसरी सम्बाद हुने गर्दछ ।
(छोरी ः हिउदै ओखल हिउदै मुसल म कसरी रहुलाँ ईजु ।
आमा ः तिम्रो कर्ममा उही लेखियो जानैपर्यो भागा छोरी ।।
छोरी ः तिथिका भएलो बाटै फर्कि आउला म कसरी रहुला ईजु ।
आमा ः तमरा कर्मले उही सितायो जानैपर्यो भागा छोरी ।।
छोरी ः मालहै बरौनी आउलान ईजु सम्झी दिउभनुला बुवा सम्झी नईभनदिया ।
आमा ः गोठको गाई दिउला माल पयल जानै पर्यो भागा छोरी ।।
आमा ः तमरो खान्की उही पुर्याउला पराई घर जानै पर्यो भागा छोरी ।।।)
माईति घरबाट विवाह गरेर पराई घर गएकी र घरमा रहेकी छोरी चेलीहरुले माघी पर्वका समयमा आफ्नो माइती घर आई वर्षको एक पटक रनपुतला खेल खेल्ने चलन रहिआएको दिपायल सिलगढी नगरपालिका ७ का स्थानीय ऐश्वर्या बिष्ठले बताईन् ।

No description available. पछील्लो समयमा डोटी लगाएतका सुदुरका अधिकांश जिल्लाहरुमा रनपुतला पर्बलाई विशेष महत्वका साथ देवीदेवताको पर्व वा छोरीबेटीहरुलाई माईति घरपरिवार संग भेटघाट गराउने मिलन पर्वको रुपमा पनि लिने गरिएको समेत बिष्ठले बताईन् । यस पर्बमा छोरी चेलीहरुले राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी देउडा लगायतका पुतला खेल खेल्ने चलन रहि आएको छ ।

No description available.
सुदूरपश्चिमको परम्परा अनुसार पुस १५ गते वर्ष भरिको लामो रातको रुपमा लिइ रातभरि गाँउखाने कथाहरु भन्ने, जागाराम बस्ने, तरुल, सकरखण्ड खाने रातको रुपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातदेखि रनपुतला पर्वको सुरुवात भएको रनपुतला जगाईने भन्ने गरेको अर्की स्थानीय पदमा देबी बिष्ठले बताईन् ।

No description available.उनले भनिन् पुस १५ देखी माध ३ गते सम्म रनपुतला जगाएको स्थानमा प्रत्येक रात डेउडा खेल खेलीने, मिठा मिठा परिकारहरु पकाईने एक आपसमा रमाईलो गर्ने गरिन्छ । माध ३ गते रनपुतला खेल खेल्दै नजिकको पानी पँधेरोमा लगेर विर्सजन गरे देवी देउता खुसी हुने चलन रहेको बताईन् ।No description available.
यो पर्व सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटीका विभिन्न स्थानहरुमा धुमधामका साथ मनाईने गरिन्छ ।

No description available.

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend