चितवन । सडक मर्मतका लागि चितवनको भरतपुर महानगरको सिमलतालमा रोकिएका सवारीसाधन । वर्षातमा हुने पहिरो जोखिम नियन्त्रण गर्न नारायणगढ-मुग्लिन सडकखण्डमा सञ्चालित सवारीसाधन अवरुद्धमा परेका छन् ।
पहिरो नियन्त्रण भन्दै नारायणगढ-मुग्लिन सडक आयोजनाले सवारीसाधन अवरोध गरि मर्मत गरिरहेको छ । २३ गते आइतबारदेखि २९ गतेसम्म दिनको झण्डै छ घण्टा सडक अवरुद्ध गरिँदै छ । सडक अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र परेका छन् ।