२२ मंसिर २०८०, शुक्रबार

कांग्रेसको बाटो यूटर्न भएको दिन र थपिएको जिम्मेवारी

शेरबहादुर भण्डारी

१४ पौस २०७९, बिहिबार ११:३३

वि.स. २०७४ को चुनाव ठ्याक्कै भने जस्तो कम्युनिष्ट र गैर कम्युनिष्ट (लोकतान्त्रिक) नभए पनि झ्याट्ट बाहिरबाट हेर्दा वाम गठबन्धन जस्तो देखिन्थ्यो । एमाले र माओवादी मिलेर सरकार बनि सकेपछि विभिन्न नेताको विभिन्न प्रतिक्रिया आयो ।

के.पी. ओलीले ,“अब कांग्रेस पार्टी रहेन हाम्रो सहयोगीको रुपमा रहन्छ मात्रै भनेन शेर ब. देउवा ने.का.का. अन्तिम प्रधानमन्त्रि सम्म पनि भन्न भ्याए ।” प्रचन्डले ,“अब हामी (ने.क.पा) यो देशमा ५० वर्ष शासन गर्ने छौं ।” डा. बाबुराम भट्टराइले ,“कांग्रेस बुढो रुख हो । यस्को काम छैन भने” । भिम रावलले“२०७४को चुनाव ने.का.ले गर्न सक्तैन”वर्तमान पुनले वि.स.२०७४को चुनावमा ने.का.ले १० सिट पनि ल्याउन सक्तैन । आदि विभिन्न नेतृत्वले आफ्नो हिस्सामा र क्षमता अनुसार कांग्रेस प्रति कटाक्ष प्रदर्शन गरे वि.स.२०७७ जेष्ठ २ मा सत्ताको नेतृत्व आधा आधा गर्ने सहमति कार्यान्वयन गर्न ओलि तयार भएन विवाद शुरु भयो । परिणाम के.पी. ओलिको सरकार ५ वर्ष पनि चल्न सकेन । साढे तिन वर्षमै विभिन्न आरोपमा मुछियो र भुकम्पले पुरानो घर भत्काए जस्तै गर्लाङ गुर्लङ ओलि सरकार ढल्यो ।

अदालतको सहयोगमा माओवादी र एमाले आफ्नो पार्टीको नाम र चुनाव चिन्ह बचाउनु सफल भए ।तिनै कम्यूनिष्टका केहि नेता ज्यूहरु ने.का.का पार्टी सभापति शेर ब. देउवा ज्यू कहाँ गएर सरकारको नेतृत्व गरिदिनु प¥यो भनि अनुरोध गरे । तत्कालिन प्रधानमन्त्रि के.पी. ओलीले लज्जाजनक तरिकाले सरकार छोड्नु प¥यो । वि.स. २०७८ असार ३० गते प्रधामन्त्रि शेर ब. देउवा ज्यू ५ दलको समर्थनमा प्रधामन्त्रि बन्नु भयो । जस्मा माओवादी पार्टी ,एकीकृत समाजवादी पार्टी, जसपा,जनमोर्चाको सहयोग रह्रयो । वि.स.२०७९ बैशाख २९ गते स्थानिय चुनाव र २०७९ मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव सम्पन्न भयो । जस अनुसार नेपाली कांग्रेसले ८९,एमाले ७८,माओवादी ३२,स्वतन्त्र पार्टी २० र रा.प्रपा १४ , जसपा ७,ने.क.पा.एकिकृत समाजवादी पार्टी ९क०१० , जनमत पार्टी ४ ,लोसपा ४ ,नागरिकउन्मुक्ती पार्टी ३ ,जनमोर्चा १ ,ने.म.कि.पा. १ र स्वतन्त्र ५ गरि परिणाम प्राप्त गरे ।

वि.स. २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्रि नियूत्तगर्नका लागि मिति २०७९र९÷१० गते ५ बजे भित्र दावी पेश गर्न सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारीले आहा्रन गर्नु भयो । जस अनुसार कांग्रेस नेतृत्वको पाँच दलिय गठबन्धन टुट्यो र ७ दलको समिकरणमा एमालेका ७८ , माओवादी३२ , राष्ट्रिय स्वतन्त्र पार्टी २० , राप्रपा १४ जसपाका १२, जनमतका ६ ,नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरि १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल नेपालको ४४ औं प्रधानमन्त्रि नियूक्त हुनु भयो । प्रतितिधि सभामा २७५सिट मध्ये ८९ सिट लिएको ने.का. पार्टीले संघ देखि प्रदेशमा सरकार बाट बाहिरै बस्नु पर्ने भएको छ ।

राजनितिक बेइमानि
प्रचन्डलाई कित देश निकाला गर्छु कित झुन्ड्याउन्छु भन्ने ज्ञानेन्द्र शाहि र सबै नेताको सम्पत्तिको छानबिन गर्छु भन्ने रवि लामिछानेले प्रचन्डलाई नै अङ्गालो हालेका छन् । बालेन शाहले भनेझै ,“राजा मार्नु पर्छ भन्ने र राजा राख्नु पर्दछ भन्नेको सहकार्य भएको छ ।” भनेझै सहकार्य कित वैचारिक वा दार्शनिक रुपले नजिक भएका विच हुनु पर्दछ कित राष्ट्रिय प्राथमिक र मुद्धाहरुलाई हेर्ने दृष्किोणमा समानता भएका शक्ति विच हुनु पर्दछ । यो सरकारको गठबन्धनलाई आप्राकृतिक गठबन्धन मानिन्छ वा राजनितिक संस्कार भित्र परेन । जनमतका आधारमा प्राप्त हैसियत मा बस्न नचाहने प्रवृति पनि लोकतान्त्रिक मर्यादा विपरीत देखियो ।

दक्षिण पन्थी , सर्वसत्तावादी र अहंकारी प्रवृति अवसरवाद ,शामन्ति ,निरकंशवादी प्रवृतिका विरुद्ध र देशमा भएको व्याप्त भ्रष्टाचार विरुद्ध के.पी. ओलि सरकारको विरोधमा लोकतान्त्रिक वाम गठबन्धन भयो । त्यसै अनुसार स्थानिय सरकार वि.स.२०७९बैशाख ३० गते र आम निर्वाचन वि.स.२०७९ मंसीर ४ गते सम्पन्न भयो । यो गठबन्धन तोडेर प्रचण्ड फेरी त्यहि प्रवृतिसँग अङ्गमाल गर्न पुगे २०७९ मंसिर ४ गतेको प्रतिनिधिको सभाको चुनावमा १६५ सिटमा ५ दलको गठबन्धनमा बाँडफाँड भएको थियो । कांग्रेसले ९१ सीटमा मात्रै चुनाव लडेको थियो । जस्मा ५७ सीट जितेको थियो त्यस्तै माओवादीले १८ सीट र समाजवादीले १० सीट लोसपा ४ र जनमोर्चाले १ सीट जितेको थियो । सत्ता बाँडफाँडमा ने.का. पार्टी र माओवादी पार्टी विच कुरा नमिले पछि माओवादी पार्टीमा नेता प्रचन्डले गठबन्धन तोडेर एमाले लगाएतका अन्य पार्टी सँग मिलेर सरकार गठन गरेको छ ।

घटनाले उठाएका आवाज 
यस्मा पार्टी भित्रका केहि नेताले नेपाली कांग्रेस पार्टीका सभापति शेर ब. देउवा ज्यूबाट कमजोरी भयो भन्ने आवाज निकालेका छनभने केहिले पार्टी सभापतिका नजिकका सल्लाहाकारहरुले गलत सुचना दिए भन्ने छ । कसैले पार्टीका शिर्षस्थ नेताको कमजोरी रह्यो भन्ने टिप्पणी गरेका छन । कसैले पार्टी पदाधिकारी तथा कार्यसम्पादन समितिको कमजोरी रह्यो भन्नेमा छन । वि.स.२०७४ मा पनि नेपाली कांग्रेस र माओवादी पार्टी मिलेर स्थानिय चुनाव सम्पन्न भएको पछि २०७४को प्रतिनिधि सभा र प्रदेश सभामाको चुनावी बेला रातारात एमाले सँग मिलेर प्रचन्डले चुनावी तालमेल गरेका थिए । त्यसैको आधार मानेर एक थरि कांग्रेसजन माओवादीसँग सहकार्य गरेर चुनाव लड्नु हुदैन भन्ने पनि नभएका होइन जुन कुरा फेरी पुष्टि भएको छ । जसरी, जसबाट कमजोरी भए पनि अब एकले अर्काको सार्वजनिक रुपमा टिकाटिप्पणी आलोचना गर्ने भन्दा बन्द कोठा भित्र छलफल र बैठकमा कहाँ तुर्टि भयो कसकसको कमजोरी रह्यो । आत्मआलोचना र समिक्षा हुनु जरुरी हुन्छ नै
भनिन्छ वि.स.२०१६ सालमा वी.पी कोइराला प्रधानमन्त्रि बन्नु भन्दा सुवर्ण शमशेर प्रधानमन्त्रि बनेको भए तत्कालिन राजा महेन्द्रले प्रजातन्त्र खोज्ने नै थिएन । यो सुझाव वी.पी.लाई उहाँकी धर्मपत्नि सुशिला कोइराला ज्यूले पनि दिएको भन्ने सुनिन्छ तर त्यसो भएन जस्को कारण जनताको जनताले ३० वर्ष दुःख पाए ।

एक फेरा पनि प्राविधीककारणले नेपाली काँग्रेस पार्टीले प्रतिपक्षमा बस्नु पर्ने परिस्थिति बनेको छ । नहुनु पर्ने दुर्घटना नेपाली काँग्रेसको इतिहासमा घटेको छ । तत्कालका लागि नेपाली काँग्रेस पार्टीको लागि यो घटना दुःखत भए पनि प्रकारान्तरले नेपाली काँग्रेसको इतिहासमा सकारात्मक र सुखत परिणामरुपमा देखिन पनि सक्तछ । त्यसो भएको हुनाले नेपाली कांग्रेसका साथीहरुले यो घटनालाई लिएर हतोस्ताहित , बेचैन र निराश नै हुनु पर्दैन । सबै पक्षबाट सर्वनास र वर्बाद भैहाल्यो भन्ने सोच राख्नु हुदैन ।

जिम्मेवार कांग्रेस
यो देश र नेपाली जनताको लागि नेपाली कांग्रेसको अहम भूमिका रहेको घाम जस्तै छर्लङ्ग छ । मुलकको लागि ने.का. पार्टीले अझ धेरै गर्नु पर्ने छ । यो देशको जिम्मा ने.का.मा नै छ । नेपाली काँग्रेस राम्रो गरे देश बन्ने छ । राम्रो गर्न नसके मुलकको अवस्थामा उल्लेखनिय परिर्वतन नहुने पक्का छ । त्यो दिन निराश बोकेर हतोस्ताहित भएर सबै बर्वाद भयो भनेर नेपाली काँग्रेसका नेता र कार्यकर्ता बसौँला जुन दिन जनताले नै नेपाली कांग्रेस पार्टीलाई तिरस्कार गरी जनताले नै पत्याउनुछोड्ने छन । त्यो दिन विश्राम गरौला जुन दिन नेपाली कांग्रेस पार्टीको यो देशमा नेपाली जनताले नै काम छैन भन्ने आवाज गर्ने छन । तर ने.का. पक्षमा नेपाली जनताको २७ लाख भन्दा बढी समानुपातिक भोट छ । १६५ सीट मा जनताले ८९ सीट दिएको छ । यो शक्तिलाई नेपाली काँग्रेसले सत्ताको शक्ति भन्दा धेरै ठुलो शक्ति मान्नु पर्दछ । यो विश्वासलाई बचाउनु नै नेपाली कांग्रेस पार्टीको पहिलो जिम्मेवारी हो ।

सरकारमा जाने र नजाने प्रविधिक पक्ष हो तर जनता सधै सर्वशक्तिमान पक्ष हो । त्यो पक्षलाई ने.का. बडो गम्भिर रुपले बुझेको छ । त्यसैले नेपाली कांग्रेसका कार्यकर्ता तथा नेता ज्यूहरुले परिस्थितिको गाम्भिर्यतालाई ध्यानमा राख्दै अझ बढो सुझ बुझका साथ अगाडि बढ्नु छ । नेपालमा देश र जनताप्रति कुनै जिम्मेवारी पार्टी छ भने त्यो एक मात्र नेपाली काँग्रेस पार्टी नै हो । एक पटक सत्तामा जान नपाएकै झोकमा गलत प्रवृतिलाई साथ किमार्त दिनु हुदैन आफ्नो सिद्धान्त निष्ठा र विचारलाई बचाएर अगाडि बढ्नु पर्ने हुन्छ । यो अडान नेपाली काँग्रेस पार्टीका सभापति शेर ब. देउवा ज्यूले देखाउनु भएको छ ।

देउवाको पछिल्लो उपलब्धि
विशम अवस्थामा मुलक भएको बेला नेपाली काँग्रेस पार्टीका सभापति शेर ब. देउवा ज्यूको नेतृत्वमा सरकार बन्यो । संविधानको सहि कार्यान्वयन गर्दै अनावश्यक सवैधानिक अंगमाथिको हस्क्षेप बन्द ग¥यो । लोकतन्त्रको महत्वपूर्ण पाटोको रुपमा हेरिएको आवधिक चुनावलाई बढो हर्ष उल्लास र शान्तिपूर्ण रुपमा सम्पन्न ग¥यो । भंग हुनलागेको संसदको रक्षा गरि पूर्णकार्यकाल पुरा ग¥यो । अर्थतन्त्रमा सुधारका संकेत देखापर्दैछन । सन्तुलित विदेश नितिमा ने.का.को नेतृत्वको सरकार उभ्याउन सफल भयो । मुलक कोरनाको कहरबाट मुक्त्त गरायो ।खोपको सर्वसुलभ व्यवस्था ग¥यो । प्रधानमन्त्रि शेर ब. देउवा ज्यूले देश र जनताका पक्षमा काम गरेकै हुन । चुनावमा ने.का.पार्टीलाई स्थानिय प्रदेश र संघमा देशको ठुलो पार्टी बनाउनु सफल हुन भयो । यसरी छोटो अवधिमा प्रधानमन्त्रि तथा पार्टी सभापति शेरब. देउवा ज्यूले आफ्नो महत्वपूर्ण जिम्मेवारी पुरा गरेको देखिन्छ ।

इमान्दारीताको राजनितिक

राजनितिको मुख्य र अन्तिम लक्ष्य भनेको जनताको मुहारमा हाँसो ल्याउनुहो ।नेता देश र जनताको पक्षमा काम गर्नको लागि छानिने हुन कहिले राम्रो भन्दा राम्रो काम गर्न खोज्दा पनि परिणाम परिस्थितिले सफलता भन्दा असफलता हात पर्दछ । यसै अनुसार यस पटक नेपाली कांग्रेस पार्टीको लागि भने सोचे जस्तो परिणाम हात पर्न सकेन । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्न सफल भएको यहि परिस्थिति उपज हो भन्न सकिन्छ ।

यस कारण पार्टीका साथीहरुले निरासा र अलमलमा पर्नु हुदैन । अहिले एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्रि भए पनि यहाँसम्म पुग्न ने.का. पार्टीको महत्वपूर्ण योगदान छ ।काँग्रेसले अङ्गीकार गरेको अहिले सम्मकै उत्कृष्टि विचार र सिद्धान्त छ । कांग्रेस देश भरि झण्डै दश लाख क्रियाशिल कार्यकर्ता भएको पार्टी हो । यो पार्टीलाई देशका २७ लाख जनता यस्को पक्षमा छन । संसदमा सबै ठुलो पार्टीको हैसियत छ । संरचनामा ८९ संसद प्रतिनिधि सभामा छन । गणितीको हिसाबमा संसदमा यस्को उस्थिति गरिमामय र उच्च नै रहन्छ । गण्डकी प्रदेश६० मा २७,बाग्मति ११० मा ३७,सुदुर पश्चिम प्रदेश ५३ मा १९ , कर्णलि प्रदेशमा ४० मा १४ सांसद गरि नेपाली कांग्रेस पहिलो पार्टी भएको छ ।अरु तिन वटा प्रदेशमा पनि नेपाली कांग्रेसको उपस्थिीत सम्मानजनक छ । देश भरिमा स्थानिय सरकार नेपाली कांग्रेसको नै बढी छ ।

खेलको मैदान र खेलको नियम बनाउनेमा प्रमुख भूमिका ने.का.को नै हो । खेल खेल्दा सधै आफुले मात्रै सिल्ड लगिन्छ भन्ने हँुदैन । अरु टिमले पनि कहिलै काँहि जित्न सक्दछ । त्यसैले खेल्न मैदान छदैछ आउने दिनमा नेपाली काँग्रेसको जित पनि निश्चित छ । त्यसैले नैतिक रुपमा नेपाली कांग्रेस पार्टीको विजय नै भएको हो ।

काँग्रेस हिड्ने बाटो सफा छ 
नेपाली कांग्रेसको सिद्धान्त ,विचार र कार्यक्रम सहि छन । नेपाली कांग्रेसको लक्ष्य ठिक छ । ने.का. सँगधेरै नेता र कार्यकर्ता छदैछन । ५ वर्ष स्थानिय सरकारलाई बढी भन्दा बढी सक्रिय र क्रियाशिल गराउने ,सरकारको गतिविधिको निगरानी र खबरदारी गर्ने काममा पार्टीका कार्यकर्ता र नेतृत्व लाग्नु पर्दछ । भने पार्टीमा शुद्धिकरण र प्रशिक्षण जस्ता कार्यक्रम चलाउदै पार्टी सुद्धीतिकरण गर्नु पर्दछ । जनताको घर दैलोमा गईसुःख दुःखमा साथ दिनु पर्ने कार्यकर्ताको थप जिम्मेवारी र आवश्यकता थपिएको छ । निर्वाचनको नतिजाले वर्तमान गठबनधनको आवश्यकता र सान्दभिकता पुष्टि गरेको र मुलकको चुनौतिको सामना गर्न यहि गठबन्धनको निरन्तरता दिनु आवश्यकता देखिएको कारणले पनि नेपाली कांग्रेसले लिएको अडान गलत देखिदैन ।

७ आँै पटको निर्वाचनमा हार पछिको अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनु भएका अब्राहम लिङ्कनलाई त्यतिकै प्रभाशालि र त्यतिकै सम्मानित व्यक्तित्व डग्लस जो अब्राहम लिङ्कन सित चुनावमा पराजित भए । उनले शुभकामना दिदै भने ,“ लिङ्कन महोदय राजनिति देश र जनताको लागि नै हो तपाईलाई मेरो हार्दिक बधाई छ । मेरो देश निर्माणमा तपाईलाई मेरो सहयोग रहन्छ ।” त्यस्तै सन २००४ को अमेरिकाको राष्ट्रिपतिको चुनावमा दासको रुपमा रहेका अफ्रिकन मुलुकका काला जातिका बारक ओवामाले चुनाव जिते । बधाई दिने क्रममा तत्कालिन राष्ट्रिपति जर्जबुसले उनलाई बधाई दिदै भने ,“मिष्टर ओवामा तपाईले त कमाल गरिदिनु भयो” प्रति उत्तरमा ओवामाले भन्यो कि ,“यो त मेरो कमाल होइन महोदय यो त लोकतन्त्रको कमाल हो । यदि यो देशमा लोकतन्त्र हुदैनथ्यो त मकेन्यामा बाख्रा चराएर बसेको हुन्थे ।”

प्रजातान्त्रिक समाजवादका व्यवाहारिक व्याख्ता वी.पी.कोइरालाले भन्नु भएको थियो ।,“मन्त्रि हौला , ठुलो ठुलो कुर्चिमा बसौला भनेर राजनितिमा लागेका होइनौ । यिनै खान नपाएकाहरुको मुखमा अन्न परोस्, हाँस्न नपाएका ओठमा हाँसो पुग्न सकोस् भनेर नै हामी राजनितिमा लागेका हौ” यिनै महान व्यक्तिको भनाईलाई हृदयगम गरि नेपाली कांग्रेसका कार्यकर्ता तथा नेतृत्वले अगाडिको बाटो तय गर्नु पर्ने प्रष्ट छ ।

झण्डै नेपाली कांग्रेसको आठ दशक लामो संघर्षको इतिहास छ । त्यस्मा अहिले सम्म बढीमा डेढ दशक मात्रै पटक पटक गरेर शासन गरेको देखिन्छ । ६ दशक भन्दा बढी त ने.का.ले मुलक उन्नति र जनताको मूक्त्तिको लागि संषर्घ गरेको छ । यस विचमा सयौ हाम्रा हुनहार नेता तथा कार्यकर्ताको ज्यान गएको छ । हजारौ हाम्रा अग्रजहरुको अङ्ग भङ्ग भएर जीवन गुजारेका छन । कैयौको सवौस्यहरण भयो र कैयौले जेलको कठोर यातानमा जिन्दगीको लामो समय बिताए । जुन सम्झीदा आङ जिरिङ्ग हुन्छ । वि.स. २००३ साल देखि वि.स.२०१५साल सम्म मात्रै हेर्ने हो भने पनि नेपाली कांग्रेसका नेताको जीवन संघर्षमा बित्यो । १८ महिना नपुग्दै वी.पी.कोइरालाको नेतृत्वमा बनेको जननिर्वाचीत सरकार निरकंश राजा महेन्द्रले अपदस्त गरी वि.स. २०१७सालमा महामानव वी.पी. कोइरालालाई सुन्दरी जेलमा आठ वर्ष बन्दी बनाएर राखे ।

वि.स.२०१७ देखि २०४६ सम्म हामी ३० वर्ष व्यवस्थाको लागि लडौं । वि.स.२०५२ देखि २०६२ सम्म माओवादीले देशमा द्धन्द मच्चायो जस्को कारणबाट ने.का. का कार्यकर्ता नै बढी मारिए । वि.स. २०५४ देखि २०७४ सम्म त स्थानिय चुनाव नै भएन । वि.स.२०५६ देखि २०६४ सम्म देश जनप्रतिनिधि विहिन भयो । यस्ता कठोर , दर्दनाक र अत्यास लाग्दा दिनहरु त हामीले सहेरै बस्यौ । यस्तो अवस्था र परिस्थितिको समान गरि सकेका कांग्रेसका कार्यकर्ता साथीहरुले एक चोटी प्राविधिक कारणले सरकार बनाउन सकेन भन्दैमा निराशा र कुण्ठा बोकेर बस्नु कताबी उचित हुँदैन बरु यो देश, जनता, पार्टीको र लोकतन्त्रप्रतिको बेइमानी गरेको ठहरिनेछ ।

मुलकको अवस्था
सार्वजनिक संस्थाहरु पार्टीका कार्यकर्ताको भर्तिकेन्द्र भएका छन । न्यायलय ,अख्तियार जस्ता संवेदनशिल अंङ्ग पार्टीले आफ्ना कमर्यकर्ताको भर्तिकेन्द्र बनाएको छ ।विदेशको प्रभावमा मुलकको राजनिति फेरबदेल हुन्छ । राष्ट्रियताको भावना कमजोर छ ।नेपाली भूमिमाथि खुलखुला विदेशीले परेड खेल्दैछ । परनिर्भर अर्थतन्त्र ,बजेट पुरा खर्च नगर्न सक्ने राज्य सयन्त्र छ । निकम्मा शिक्षा प्रणालि, दयनिय सार्वजनिक सेवा ,न्यायलयप्रति अविश्वास न्यूनतम प्रतिव्यक्ति आए, चरम बेरोजगारी, निरन्तर प्रतिमा र पूँजी पलाएन छ । संकटमा पुगेको कृषि,अव्यवस्थीत शहर , जलवायू परिवर्तनको जोखिक बढ्दो क्षेत्रिय तथा वर्गिए असमानता,व्यापार घाटा ,कमजोर स्वास्थ्य सेवा ,सामाजिक सदभाव खलबलिएको अवस्था ,भ्रस्टाचार संस्थागत भएको छ । वर्षोनि बाढी पिडितबाट जनता पिडित छन । हिंसा र हत्याका घटना बढ्दो छन् । उद्योगधन्दा खोल्नमा राज्यको ध्यान छैन । ३ वर्ष देखि कोरना कहरको प्रभाव डर लाग्दो थियो । संविधान माथिको ठाडो उल्लघन र लोकतन्त्रको धज्जी उडाएको अवस्थामा छ । राजनितिक बाटो हिड्न सकेको छैन ।

सरकारको शक्तिमा पछाडि रहेपनि पनि जनताको शक्तिमा पछाडि पर्नु हुदैन

देश विकास गर्नको लागि सत्ता पक्षको जस्तै प्रतिपक्षको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले प्रतिपक्षमा बसेर सरकारका गतिविधि को निगरानी राख्ने र सरकारलाई सहि बाटोमा हिड्न बाध्य पार्ने काममा ने.का. ले अहम भुमिका रहनु पर्दछ । सरकारलाई सर्तक ,सजग र खबरदारी गर्न जिम्मेवारी ने.का. जस्तो जिम्मेवार पार्टी चाहिन्छ । खेल खेलाउने प्रमुख आयोजक टिम ने.का. पार्टी हो ।

नेपाली कांग्रेसले प्रतिपक्षमा नै बसेर भए पनि बढो जिम्मेवार ढङ्गले सशक्त ढङ्गले र संम्वेदनसिल भएर देशको पहरेदारको रुपमा प्रस्तुत हुनुपर्ने अवस्था आएको छ ।संविधानको सहि कार्यान्वयनमा जोड दिने,लोकतन्त्रको संस्थागत विकासमा खबरदारी गर्ने,दुर्तगतिमा विकास गर्न सजग गराउने,सुशासनमा विशेष ध्यान दिने अवस्था सिर्जना गर्ने,नेतृत्वमा उत्तरदायित्व बोध गराउने,भ्रष्टाचार शुन्यतामा झार्ने पहल कदमि गर्ने,सामाजिक न्याद दिलाउनेमा जोड दिने,वर्गिए समानतामा जोड दिने,लैङ्किक असमानाता हटाउन पहल गर्न लगाउने,महिला सशक्तिकरणको लागि आवाज उठाउने,सार्वजनि संस्थाहरुमा राजनितिक हस्तक्षेप हुन नदिने,गुणस्तरिय स्वास्थ्य र शिक्षामा जनतालाई उपलबध गर्न लगाउने,आर्थिक पक्षमा सुधार ल्याउनेको लागि भूमिका निर्वाह गर्न लगाउने ,न्यायलयमा राजनितिक हस्त क्षेप गर्न नदिने,प्रशासनमा व्यापक सुधार गर्न प्रयत्न गर्ने लगाउने,राष्ट्रिय भावनाको जगेर्ना गर्दै मुलुकको गुमेको भूमि फिर्ता गर्नमा पहल कदमी गर्न लगाउने ,रोजगारीका अवसरहरु सिर्जना गर्न लगाउने र हिंसा र हत्याको घटनाबाट नेपाली समाज मूक्त राख्नु पर्ने पक्षको अगुवाई गर्ने जस्ता मुद्याहरु बोकेर अझ थप जिम्मेवार ढङ्गले उत्साहाका साथ सम्मुनत नेपाल र सम्मानित नेपाली बनाउने अभियानमा प्रतिपक्षमा नै बसेर भए पनि नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्ता तथा नेता ज्यूहरुले लाग्नु पर्ने अहिलेको परिस्थिति र समयको आवश्यकता हो ।

लेखक शेरबहादुर भण्डारी नेपाली कांग्रेस डडेल्धुराका सचिव हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend