पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन (फोटो फिचर)

लेखाजोखा न्युज
१९ फाल्गुन २०७७, बुधबार १५:१९

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै विभिन्‍न विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । कम्युनिस्ट पार्टीहरु निकट ६ वटा विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्नुका साथै दैनिक उपभोग्य सामग्रीको भइरहेको महँगी नियन्त्रण गर्न, विभिन्‍न नियुक्ति र सम्बन्धनको कार्यहरु तत्काल रोक्नसमेत माग गरेका छन् ।