११ असोज २०८०, बिहिबार

विश्वकप फुटबलमा आजबाट नकआउट चरणका खेल हुँदै

लेखाजोखा न्यूज

१७ मंसिर २०७९, शनिबार ११:०५

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबारबाट नकआउट चरणका खेलहरु सुरु हुँदैछन् । शनिबार चरणका दुई खेलहरु हुनेछन् । शनिबार राति पौने ९ बजे सुरु हुने खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

शनिबार राति पौने १ बजे हुने खेलमा अर्जेन्टिना र अष्ट्रेलिया भिड्ने छन् । अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो भने अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिना अष्ट्रेलियालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ भने अष्ट्रेलिया पनि अर्जेन्टिनालाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend