२४ माघ २०७९, मंगलबार

विश्वकपबाट बाहिरिएपछि बेल्जियमका मुख्य प्रशिक्षकले दिए राजीनामा

लेखाजोखा न्यूज

१६ मंसिर २०७९, शुक्रबार १०:४७

काठमाडौं । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले बिहीबार रातिनै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

समूह एफको अन्तिम खेलमा बिहीबार क्रोएसियासँग बराबरीमा रोकिएपछि विश्व वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरिन पुग्यो ।

बेल्जियम फुटबल संघले स्पेनका प्रशिक्षक मार्टिनजले राष्ट्रिय टिमको पद छाड्ने घोषणा गरेको पुष्टी गर्दै विश्वकपअघि नै यसबारे निर्णय भइसकेको समेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend